एक स्पेनिस पर्यटकको मृत अवस्था शव फेला, एक वेपत्ता

कास्की- पर्यटकीय स्थल घोरेपानी पदयात्राका लागि कास्कीको वीरेठाँटीबाट आइतबार त्यसतर्फ गएका दुई स्पेनिस पर्यटकमध्ये एक जनाको शव कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुधामे झिलिबराङ क्षेत्रको भुरुङदी खोलामा फेला परेको छ ।

मृत्यु हुनेमा स्पेनिस नागरिक ३७ वर्षे इरिक सोलेर कासानोभास (PAN072420 नं. को Passport) रहेका छन् । त्यस्तै ३२ वर्षीया मेर्सी मोलास जुन्का (PAQ122767 नं. को Passport) सोही खोलामा परी वेपत्ता हुनसक्ने बताइएको छ । जुन्काको खोजी भईरहेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताउनुभयो ।

उनीहरु वीरेठाँटीबाट तिखेढुङगा, उल्लेरी हुँदै आइतबार घोरेपानी जाने क्रममा तिखेढुङगास्थित भुरुङदीखोलाको छहराबाट खसेका थिए । छहरा मनमोहक भएका कारण सम्भवतः उनीहरु त्यहाँ फोटो खिच्ने क्रममा चिप्लीएर लडेको र खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बेवारिसे अवस्थामा भेटिएसँगै सोमबारदेखि उहाँहरुको खोजी भएको थियो ।

खोजीका लागि मंगलबार कालिका गण मालेपाटन पोखराबाट गोताखोर सहितको ससस्त्र प्रहरी, पर्यटक प्रहरी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वमा जनप्रतिनिधि, स्थानीयवासी, एक्यापका प्रतिनिधि लगायतको टोली विहानैदेखि खटिनु भएकोमा कासानोभासको शव मंगलबार दिउँसो करिव १ बजे खोला स्थित ढुङाको चेपमा फेला परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.