दीपक मनाङेद्वारा मन्त्रीबाट राजीनामा

काठमाडौँ- गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले मन्त्रीपदबाट राजीनामा दिनु भएको छ ।

मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनु भयो ।

मनाङेलाई राजीनमा पत्र बुझाए पनि स्वीकृत भने भइनसकेको  प्रेस संयोजक सापकोटाले बताउनु भयो । भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई  वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.