लुम्बिनी प्रदेशसभा सदस्य केसी कारागार चलान,निलम्बनमा कानुनी अडचन

काठमाडौँ-  नेपाली काँग्रेसका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ ।

करिब तीन दशकभन्दा पुरानो मुद्दामा दोषी ठहर  केसीले जिल्ला अदालत रुकुम पूर्वमा आत्मसमर्पण गरेपछि उहाँलाई  कारागार चलान गरिएको हो ।

केसी आज आफैं रुकुमकोट जिल्ला अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्नु भएको थियो ।  ।

श्रीमतीसँगको अंश मुद्दामा केसीले कीर्ते गरेको अभियोगमा साबिक रुकुम जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गर्नु भएको थिएन ।

केसी  रूकुम पूर्वको प्रदेश (ख)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद समेत हुुनुहुन्छ ।

सांसद केसी जेल चलान भएपनि उहाँको निलम्बन के हुने भन्ने विषयमा भने कानुनी अडचन देखिएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावलीको दफा १६ को उपदफा ४ अनुसार कुनै सदस्य उपर प्रचलित कानून बमोजिम तीन वर्ष बा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर कुनै सदस्यलाई फौजदारी अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर र कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नु पर्नेछ । तर केसीको कैदन अवधि भने १ बर्ष मात्र रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.