मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत – भदौ २८ गते (भोलि) का लागि तय भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन  (स्ववियू) निर्वाचन स्थगित भएको छ।

विद्यार्थीहरूले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नामावली नआएको भन्दै  विश्वविद्यालयको साइन्स एण्ड टेक्नोलोजी विभाग अन्तर्गत छैटौँ सेमेस्टरका विद्यार्थीले बुधवार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उनीहरूले आफूहरूलाई पनि स्ववियुको मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने रिटमा उल्लेख गरेका छन् ।

रिट माथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले कार्यकारी परिषद्का नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ। इजलासले अन्तरिम आदेश र छलफलका लागि असोज ६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत सुर्खेतका प्रवक्ता एवम् उप–रजिस्ट्रार प्रेम थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.