कोशीमा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिषरिषद विस्तार गर्नु भएको छ । कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्री र राज्यमन्त्रीहरु थप गरी विस्तार गरिएको छ ।

नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएपछि खाली रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिंह हाङ्गाम, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सदानन्द मण्डललाई दिइएको छ । यसैगरी भौतिक पुर्वाधार विकास राज्य मन्त्रीमा भूमि प्रसाद राजवंशीलाई नियुक्त गरिएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराउनुभयो । यसैगरी नवनियुक्त राज्यमन्त्री भूमि प्रसाद राजवंशीलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ गराउनु भयो ।

सो सपथ कार्यक्रममा सभामुख अम्बर बहादुर विष्ट, पुर्व मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.