नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक

काठमाडौँ- प्रधान न्यायाधीश लगायत संवैधानिक आयोगमा रिक्त पदाधिकारीहरुको नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को  बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले  मुख्य त नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बताइएको छ ।

यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि अन्तिम समयमा आएर शुक्रबार ५ बजेसम्मका लागि स्थागित भएको  थियो ।

आज बस्ने परिषद् बैठकको तयारी स्वरुप हिजो मात्र प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.