चौधर नदीले २० बिगाह जमिन कटान, ११४ घर जोखिममा
कञ्चनपुर- कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं.४ सार्की टोलमा चौधर नदी गाउँ पस्दा ठूलो मात्रामा कटान र डुवान गरेको छ ।
चौधर नदीले सार्की टोलमा हालसम्म २० बिगाहा भन्दा बढी जमिन कटान गरेको छ भने ३ सय मिटर पिच गरेको सडकसमेत बगाएर लगेको छ ।
कटान गर्दै नदी बस्ती नजिक पुग्न थालेपछि ज्ञान ज्योति बाल विकास केन्द्र जोखिममा परेको छ भने अन्य घरहरुसमेत जोखिममा परेका छन ।
घरभित्रै नदी पसेपछि खाद्यान्न, बन्दोबस्तीका समान र अत्यावश्यक कागजपत्र सबै भिजेर नष्ट भएको स्थानीय राजुराम सार्कीले बताउनुभएको छ ।
तटबन्ध निर्माण नभएका कारण सार्की टोलमा बर्षेनी खोलाले कटान गरिरहेको भन्दै सरकारले आफुहरुमाथि अन्याय गरेको राजुरामको भनाइ छ ।
चौधर नदीको कटान र डुवानका कारण सार्की टोलका १ सय १५ घर जोखिममा रहेका छन ।।
प्रतिक्रिया राख्नुहोस्