मानसरोवर जाने तीर्थयात्रीहरु बढे

रसुवा – बिगतका बर्षहरुमा फाट्फुट्ट मात्रामा मात्र देखिने नेपाली तीर्थयात्रीहरु अहिले दैनिक सयौंको संख्यामा रसुवागढी नाका हुँदै चीनको तिब्बत स्थित कैलाश मानसरोवर जान थाले पछि रसुवागढी स्थित अध्यागन कार्यालयका कर्मचारीहरुलाई काम गर्न भ्याई नभ्याई हुन थालेको छ ।

शनिबार होस वा अन्य दिन बिहान छ बजे देखि नै कर्मचारीहरुले लाईनमा बसेका तीर्थयात्रीहरुको काम आफैं पालै पालो गरि दिने गरेका छन ।

अध्यागमनकार्यालयको तथ्याङ्क अनुसार यस वर्षको जेठ महिना देखि हाल सम्म नौ हजार जनाभन्दा बढी तीर्थयात्रीहरु कैलाश मानसरोवर रसुवागढी नाका भएर गएका छन । जसमा कैलाशयात्रा गर्ने यात्री मध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा बेलायत लगायत भुटानी सहित अधिकांश गैर आबासिय भारतीय नागरिक रहेको रसुवागढी स्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाले बताउनुभयो । मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ ।

कैलाश मानसरोवर रसुवागढी नाका बाट करिब ६ सय किलोमिटर टाढा पर्छ भने मानसरोवर ताल चार हजार पाँच सय ९० मिटरको उचाइमा अबस्थित छ । केरुङलाई प्रमुखव्यापारिक केन्द्र बनाएको चीनले धार्मिक पर्यटनका लागि समेत यस मार्गलाई प्राथमिकतामा राखे संगैे यही बाटो भएर मानसरोबर जाने तीर्थालुको संख्यामा पनि बर्षेनि बढन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.