कञ्चनपुर जिल्लामा पालिका स्तरबाटै परिचयपत्र वितरण 

जिल्लामा ८३ हजार राष्ट्रिय परिचय पत्र वितरण गर्न बाकी 

कञ्चनपुर –  कञ्चनपुर जिल्लामा पालिका स्तरबाटै राष्ट्रिय परिचयपत्र वितरणको काम भइरहेको छ ।

मंगरलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कर्मचारी सङ्ख्या थपेर राष्ट्रिय परिचयपत्र वितरणलाई सजिलो बनाएको बताउनुभएको छ ।

विगतमा सेवाग्राहीको निक्कै चाप हुने र कर्मचारी सङ्ख्या जम्मा चार जना रहेका कारण सेवा प्रवाह सुस्त भएकोमा हाल जिल्ला प्रशासन कार्यालयमा मात्र ९ जना कर्मचारी र पालिका स्तरमा गरेर २१ जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको बताउनुभएको छ ।

एक जना कर्मचारीले  दैनिक ६० जना सेवाग्राही टार्गेट गरेर सेवा प्रवाह भइरहेको भन्दै यो भन्दा बढी सेवाग्राही आएको खण्डमा पनि सेवा दिन तयार रहेको उहाँको भनाइ रहेको छ । हाल आएर सेवा प्रवाहमा सुधार भएको भन्दै । राष्ट्रिय परिचयपत्र बितरणमा कुनै समस्या नभएको बताउनुभएको छ ।

पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीमा भने कमी आएको भन्दै ८३ हजार परिचयपत्र वितरण गर्न बाकी रहेको उहाँको भनाइ रहेको छ । झन्डै २ लाख परिचय पत्र इन्ट्रि भएकोमा १ लाख ६० हजार राष्ट्रिय परिचयपत्र छापिएर आइसकेको छ भने बाकी छापिने क्रममा रहेको उहाँको भनाइ रहेको छ ।

सेवा प्रवाह चुस्त बनाउन जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचय पत्र निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीहरूलाई समयमै परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता पत्रका हस्ताक्षर गराउने काम समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.