गाउँपालिकाका उपाध्यक्ष बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं –  रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो ।

उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँसँगै आमा ६१ बर्सिया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.