संयुक्त राष्ट्र सभाद्वारा प्यालेस्टाइनमा इजरायली कब्जा एक वर्ष भित्र अन्त्य गर्न आह्वान

एजेनसी –  संयुक्त राष्ट्र महासभाले बुधवार एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ । जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिना भित्र छोड्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको १० औँ आपत्कालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारबाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रस्ताव पारित भएको थियो ।

मङ्गलवार प्यालेस्टाइन राज्यले पेस गरेको र दुई दर्जनभन्दा बढी राष्ट्रहरूले सह–प्रायोजित गरेको प्रस्तावमा इजरायलले अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका सबै कानुनी दायित्वहरू पूरा गर्न माग गर्दै अन्तर्राष्ट्रिय न्यायालयको सल्लाहकार राय सहितको माग गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.