इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डरको मृत्यु

काठमाडौं- लेबनानको राजधानी बेरुतमा हिजो इजरायली सेनाले गरेको हवाई आक्रमणमा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । हिजबुल्लाहका सैन्य कमाण्डरको मृत्युले इजरायल र लेबनानबीच पूर्णकालीन युद्धको त्रास बढाएको छ ।

हिजबुल्लाहले सैन्य कमाण्डर इब्राहिम अकिलको मृत्यु पुष्टि गरेको छ । अकिलको मृत्यु पुष्टि गरेपछि इजरायलले भने उनी सैन्य कारवाहीमा मारिएका धेरै हिजबुल्लाहका नेताहरु मध्ये एक रहेको जनाएको छ ।

यसअघि, लेबनानी अधिकारीहरूले शहरको दक्षिणी उपनगरहरूमा इरान समर्थित समूहको गढ रहेको घना जनसंख्या भएको दहेह क्षेत्रमा आक्रमण गरेको थियो । सो आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

आक्रमणका कारण एउटा आवासीय भवन भत्किनुका साथै अन्य क्षेत्रमा ठूलो क्षति पुगेको छ । आकस्मिक टोलीहरू आक्रमण भएको ठाउँमा पुगेर घाइतेहरूलाई उद्दार तथा भग्नावशेषमा फसेका मानिसहरूको खोजी कार्य भइरहेको छ ।

हिजबुल्लाहका सदस्यहरूले बेरुतका सडकहरू बन्द गराएका छन् । आक्रमणले एकै हप्तामा अर्को अपमानजनक प्रहारको सामना गरिएको छ । यसै साता पेजर र वाकी-टकी विस्फोट गराएर ठूलो संख्यामा मानवीय क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.