नलिञ्चोक हेलिपोर्टबाट २४८ उडान अवतरण

भक्तपुर- पछिल्लो समय भक्तपुरको नलिञ्चोक हेलिपोर्ट व्यस्त बन्दै गएको छ । तीन महिना यता यस हेलिपोर्टबाट २४८ उडान तथा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित गत असार ८ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको यो हेलिपोर्टमा १२४ उडान र १२४ हेलिकोप्टर अवतरण भएका छन् ।

१२ वटा कम्पनीका ३४ हेलिकोप्टरमध्ये नलिञ्चोकबाट हाल १० वटा हेलिकोप्टरले उडान तथा अवरतण गर्दै आएका छन् । १७ वटा हेलिकप्टर उडान तथा अवतरण गर्न सक्ने क्षेमताको यो हेलिपोर्ट सञ्चालनमा आएपछि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा र बाँकी हेलिकोप्टरले पोखरा, लुक्ला, नेपालगन्जलगायतका स्थानमा रात्रिकालीन बिसान गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापमा सहजता ल्याएको छ । यसअघि नलिञ्चोकमा १३ वटा पार्किङ स्ट्यान्ड र चार टेक अफ ल्यान्डिङ प्याडहरू रहेकामा हाल उडान अवतरणलाई थप सहजता पुर्‍याउन दुई वटा टेक अफ ल्यान्डिङ प्याडमार्फत उडान अवतरण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.