ग्रामीण क्षेत्रमा सञ्चालित हाटबजार स्थानीय उत्पादनको बजारीकरणमा सहयोगी

धादिङ – भएको हाटबजार आफूले उपभोग गरेर धेरै भएको तरकारीलगायत अन्य खाद्यान्न बस्तु बिक्री गरी आम्दानी गर्ने निकै राम्रो स्थल बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका स्थित निगालपानी भन्ने स्थानमा स्थानीय उत्पादनको बजारी करणका लागी नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा व्यवस्थित हाटबजार सुरु भएको हो ।

हरेका शनिवार लाग्ने हाटबजारमा  गाउँमा उत्पादन भएको विषादी रहित तरकारी तथा सिजन अनुसारको फलफूल किन्नका लागी धादिङबेशीको सदरमुकामदेखि मानिसहरू पुग्ने गरेका छन् ।

मानिसहरू स्वास्थ्य प्रति निकै सजग भएको र विषादी रहित ताजा तरकारीलगायत फलफूल पाउने भएकोले हाटबजारमा आउने गरेको भनाई उपभोक्तहरुको छ ।

साता भरी उपभोग गरेर बढी भएको तरकारी र स्थानीय सिजन अनुसारको फलफूल अहिले ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको निकै राम्रो आम्दानीको श्रोत भएको छ ।

पहिले त्यतिकै खेर जाने बस्तुले अहिले आम्दानीको बाटो भएको भन्दै स्थानीय कृषकहरू निकै खुसी छन् । अझै भन्ने हो भने त करेसा बारीमा उत्पादन भएको तरकारी पनि उपभोग गरेर बडी भए पछि बिक्रीका लागी हाट बजारमा ल्याउने गरेको बत्ताउँछन् ।

हाट बजारलाई व्यवस्थित बनाउनका लागी स्थानीय पालीकाले ट्रसका साथै बिक्री स्थल समेत निर्माण गरिदिएको हो । उत्पादन भएका थोरै थोरै हरियो तरकारीलगायत अन्य बस्तुहरू बिक्रीका लागी हाट बजार सञ्चालनमा सुरुगरेसंगै सदरमुकाम धादिङ बेसी लग्न नपर्दा त झनै फाइदा पुगेको भनाई छ । यसरी सञ्चालनमा ल्याएको हाट बजारले एकातिर स्थानीय ग्रामीण महिलाहरुको आर्थिक आम्दानीको बाटो हुनुका साथै उनीहरूलाई व्यवसायी समेत बनाउन सहयोग पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.