चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ

काठमाडौँ- एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।

ऐतिहासिक रजत पदकसहित मंगलवार स्वदेश फर्किनुभएकी एरिकाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताउनु भयो । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताउनु भयो ।

फाइनलमा बेहोरेको हारले अभैm धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाउनु भयो ।

मंगलवार त्रिभूवन विमानस्थलमा पदक विजेता एरिका, उहाँका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए ।

नेपाल कराँते महासंघ, नेपाल पुलिस क्लव र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एशियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताउनु भयो । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अभैm धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सन् २०२६ मा हुने २० औं एशियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.