भारत सरकारको अनुदानमा कार्यान्वयन हुने १२ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर 

काठमाडौं –भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरू र नेपालस्थित भारतीय राजदूतावासबीच आज समझदारी भएको छ । यी परियोजनाका अनुमानित लागत ४७ करोड ४ लाख रुपैयाँ रहेको छ ।

यी १२ वटा परियोजनाहरू क्रमशः १)ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण २ं) ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री स्वर्णन्तरल आधारभूत विद्यालयको विद्यालय भवनको निर्माण ३) भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण ४) दैलेखको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको विद्यालय भवनको निर्माण ५) सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण ६) मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण ७) चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवनको निर्माण ८) सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण ९) सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण १०)ं बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवद्र्घन केन्द्रको लागि भवन निर्माण ११) धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र १२) दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको निर्माण रहेका छन् । यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू जस्तै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमार्फत कार्यान्वयन गरिनेछन् ।

यी परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरू उपलब्ध गराउन मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा आज समझदारी पत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनाहरूसहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ र भुँइतहमा नेपालका सात वटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ, खानेपानी, विद्युतीय, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ । बाँकी अन्य परियोजनाहरू विभिन्न चरणमा सञ्चालित रहेको काठमाडौँस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.