पर्यटन दिवस : सौराहामा लक्की ड्र मार्फत पर्यटकहरूलाई निः शुल्क रात्रीभोज

चितवन- मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा विश्व पर्यटन दिवसको अवसरमा भव्य रूपमा पर्यटकलाई स्वागत गरिएको छ।

सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज लक्की ड्र मार्फत पर्यटकहरूलाई निःशुल्क रात्री भोजको कुपन हस्तान्तरण गर्दै स्वागत गरेका छन् ।

स्थल मार्ग हुँदै दुई पर्यटक बस मार्फत यात्रा गर्दै सौराहा आएका ६० जना पर्यटकलाई क्षेत्रीय होटेल सङ्घ सौराहा र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाको अगुवामा सौराहाकै छत्री स्ट्रिटमा रुद्राक्षे माला र थारु सांस्कृतिक नाचसहित स्वागत गरिएको थियो ।

सो अवसरमा ६० मध्ये ३० जना पर्यटकलाई सौराहाको नम्बर वान रेस्टुरेन्ट केसित रेस्टुरेन्टमा लक्की ड मार्फत निःशुल्क रात्री भोजको व्यवस्था गरेको क्षेत्रीय होटेल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । सौराहामा घुम्न आएका पर्यटकहरू लक्की ड्र मार्फत  रात्री भोजमा सरिक हुन पाउँदा निकै हर्षित बनेका थिए ।

बागमती प्रदेश सरकारका पर्यटन मन्त्रालय अन्तरगत चितवन पर्यटन कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले सौराहा देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्र सँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो।

कार्यक्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाका अध्यक्ष धुव्र गिरीले ३६५ दिन नै पर्यटकहरूलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो। उहाँले विदेशीसँगै स्वदेशी पर्यटकहरूलाई समेत सौराहामा स्वागत गर्दै यसको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो।. निकुञ्जले जिप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ। सौराहामा १ सय ४० होटेल र एक सय हाराहारी रेस्टुरेन्ट छन्। सौराहाका होटेलमा ६ हजार पाँच सय जनाको क्षमता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.