त्रिशुली नदीमा पानीको बहाब उच्च, नदी किनाराका मानिसहरुले बस्ती नै छाडे

धादिङ- त्रिशुली नदीमा पानीको बहाब अत्यन्त उच्च भएपछि नदी किनारा भन्दा माथिसम्मका धेरै मानिसहरुले घर छाडेका छन ।

धादिङको मलेखुदेखि गजुरीसम्मका धेरै घरपरिवारले घर र पसल छाडेर सुरक्षित स्थानतर्फ सरेको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जनाएका छन ।

त्रिशुलीमा पानीको बहाव बढेपछि यहाँका झलुङ्गे पुलहरु बगाएको छ भने पक्की पुलसमेत बाढीले बगाउने अवस्थामा पुगेको छ।

पानीको छाल बस्तीसम्म आइपुगेपछि स्थानीय त्रसित भएका छन ।

बस्ती छाडेर सुरक्षित स्थानमा जान पनि उनीहरुलाई समस्या भएको छ । बाटो बन्द छ । मुल राजमार्गमा कयौँ ठाउँमा पहिरो खसेको छ । पानी रोकिएको छैन ।

त्यसैले नदी किनाराका मानिसहरुको विचल्ली  भएको हाम्रा संवाददाताले जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.