इजरायली हवाई हमलामा हिजबुल्लाह नेताको मृत्यु

काठमाडौं- इजरायलले बेरुतमा गरेको हवाई हमालामा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको छ । नसरल्याहको मृत्युमा इरानमा पाँच दिने शोकको घोषणा गरिएको छ ।

इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले हिजबुल्लाह नेताको मृत्युमा दुःख व्यक्त गर्दै शोक घोषणा गर्नुभएको हो । हसनको मृत्युको बदला भने नलिने इरानी सर्वोच्च नेता खामेनीको भनाइ छ ।

इजरायली सैन्य कारवाहीमा हिजबुल्लाह नेता नसरल्लाहलाई मार्न सफल भएकोमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ऐतिहासिक मोड भन्दै सफलता प्राप्त गरेको बताउनु भएको ।

अमेरिकी राष्ट्रपति जो बाइडनले हिजबुल्लाह नेता हसन एक व्यक्तिको मृत्युले धेरै पीडितहरुका लागि न्याय हुने बताउनु भयो । साथै उहाँले युद्धविरामका लागि आव्हान समेत गर्नुभयो ।

इजरायल र हिजबुल्लाह बीच सीमापार युद्ध जारी छ । लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली आक्रमणमा ३३ जनाको मृत्यु भएको र झण्डै २ सय जना घाइते भएको बताएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार गत सोमबारयता लेबनानमा भएको इजरायली हमलामा झण्डै ८ सय जनाको मृत्यु भएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.