बाढीले सिन्धुलीको खुर्कोट र मुलकोट बजार बगरमा परिणत (फोटो फिचर)

सिन्धुली- अविरल बर्षासँगै आएको बाढीले सिन्धुलीको मुलकोट र खुर्कोट बजार बगरमा परिणत भएको छ । सुनकोसी नदीमा आएको बाढीले सुनकोसी गाँउपालिका ५ को मुलकोट र गोलञ्जोर गाँउपालिका ७ को खुर्कोट बजार डुबाएको हो ।

यस्तै सुनकोसी गाँउपालिका-१ को दुम्जा क्षेत्रमा समेत केहि घर बाढीले बगाएको छ । यस्तै खुर्कोट मन्थली सडक जोड्ने पक्कि पुल बगाएको छ । सुनकोसीको बाढीले उक्त पक्कि पुलको रामेछाप तर्फको स्पानसँगै सडक बगाएको हो ।

बर्दिबास सिन्धुली बनेपा सडक निर्माण भएसँगै मुलकोट र खुर्कोट सुन्दर सहरको रुपमा विकसीत हुदै गएको थियो । तर अविरल बर्षासँगै एक्कासी सुनकोसी नदीमा आएको बाढीले तल्लो तटिए क्षेत्र पुर्ण रुपमा प्रभावित बनेको छ ।

मुलकोट बजारको विपी राजमार्गसम्मै कोसीले डुवाएको थियो भने खुर्कोटको तल्लो बसपार्क क्षेत्र पुर्ण रुपमा कोसीले क्षति गरेको स्थानियले जनाएका छन् । मुलकोट र खुर्कोट गरि सय भन्दा बढी होटल रेष्टुरेन्ट तथा अन्य घरहरु नदीले डुबाएको प्रहरीको अनुमान छ ।

यस्तै जिल्लाभर गरि दुई सय बढी घरहरु बाढीको चपेटामा परेका छन् । घरपुर्ण रुपमा क्षति भएपछि आफुहरुको बिजोग भएको भन्दै स्थानियको रुवाबासी चलेको छ ।

अविरल बर्षाले बस्ति डुबानसँगै विपी मध्यपहाडी राजमार्ग पुर्ण रुपले अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिनुभयो । बाढी पहिरोमा परि सिन्धुलीमा दुइ जनाले ज्यान गुमाएका छन् । भने सयौ घरबार विहिन भएका छन् ।

ज्यान गुमाउनेमा कमलामाई नगरपालिका ९ भिमानस्थित सुके खोलाले बगाएर ४२ बर्षिय कृष्ण बोगटीको मृत्यु भएको छ भने सुनकोसी गाँउपालिका १ का १२ बर्षिय विनय कोइरालाको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बाढीको पहिरोको जोखिम अझै रहेकाले जोखिमयुक्त स्थानमा नबस्न प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.