राहत तथा उद्धारको योजना बनाउने छलफलमा राजनीतिक दलहरु

 काठमाडौँ-  अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनु भएको सर्वदलीय बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी छ ।

बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, विभिन्न दलका नेता र सरकारका मन्त्रीहरुका साथै सरोकारवाला उपस्थित रहेको छ ।  विपद्‍बाट भएको जनधनको क्षति र राहत तथा उद्धारको योजना बनाउन  सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.