हिउँदमा विद्युत् आयातमा भर पर्नुपर्छ: कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खा याममा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।

आइतबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेड बक्सको कन्ट्रोल बिल्डिङ पूर्णपुरमा ध्वस्त भएको बताउनु भयो ।

उहाँले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताउनु भयो । घिसिङले विद्युत् क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताउनु भयो । उहाँले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनः निर्माण गर्न नसके यस वर्षको सुख्खा याममा विद्युत् व्यवस्थापनमा केही समस्या आउन सक्ने बताउनु भयो । उहाँले  हिउँदको समयमा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

उहाँले क्षति पुगेका जलविद्युत आयोजनाहरूमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भयो । उहाँले बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाञ्चलमा आउने लाइन बन्द भएको पनि बताउनु भयो । उहाँले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत् सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताउनु भयो । उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनै पनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताउनु भयो ।

उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एक हप्ताभित्र बनाउने बताउनु भयो । उहाँले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिब ८ सय मेगावाट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताउनु भयो । उहाँले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताउनु भयो । उहाँले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल बिल्डिङ पूर्णपुरमा ध्वस्त भएको छ । क्षति यकिन गर्न सकिएको छैन । चार जना बेपत्ता भएको अवस्था छ । अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनर्निर्माण गर्नुपरे यो वर्षको सुख्खा याममा विद्युत् व्यवस्थापनमा केही समस्या आउन सक्छ । त्यो समयमा बढी विद्युत् आयात गर्नुपर्ने हुनसक्छ । छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौँ ।

कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावाटको पूर्वाञ्चलमा आउने लाइन बन्द भएको छ । कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत् सप्लाई हुने लाइन पनि बन्द भएको छ । खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ । त्यसलाई बनाउन जाने कुनै पनि माग नभएकाले समस्या भएको छ । एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ । खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ ।

त्यसले करिब ८ सय मेगावाट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावाटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ । विद्युत् लाइनको टावर जानु र आयोजना जानु फरक छ । एउटा टावर जाँदा सबै आयोजनाहरू जान्छन् । त्यसैले टावरलाई जोगाउन महत्त्वपूर्ण छ । चमेलिया करिडोरमा पनि केही क्षति भएको छ । वितरण लाइनमा पनि धेरै समस्याहरु छन् । बिट गरेको एकपटको ८ सय मेगावाट विद्युत् प्रयोग गर्नसक्यौं । तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत् पनि खरिद गर्न सकेनौँ । अहिले विद्युत् निर्यात घटेको छ । करिब २५० देखि ३०० मेगावाटको मात्रै निर्यात भइरहेको छ । अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो । खपत गरेर बाँकी रहेको विद्युत् मात्रै खपत गर्ने हो ।’

उहाँले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत् पनि घटेको बताउनु भयो । उहाँले करिब २५० देखि ३ सय मेगावाटको मात्रै विद्युत् निर्यात भइरहेको बताउनु भयो । उहाँले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.