माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा बेपत्ता चार मध्ये दुई जनाको शव फेला

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचनामा लेदोसहित पहिरो खस्दा वेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरोमा चार जना वेपत्ता भएकोमा दुई जनाको शव फेला परेको हो । शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि चरिकोट ल्याईएको प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले जानकारी दिनुभयो । शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको छ ।

लेदो सहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको कन्ट्रोल विल्डिङ पुरिँदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्र बहादुर पाल,अर्का सैनिक शंकर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्लाे तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए।

त्यसमध्य दुई जनाको शव फेला परेपनि पहिचान हुन नसकेको दाेलखाका प्रमुख डिएसपी युवराज खड्काले बताउनुभयाे। पहिरोले पुरिँदा सम्पर्क बिहिन भएका अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेकाेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.