काभ्रेमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुग्यो

असोज- काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षाका कारण विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परी मुत्यू हुनेको संख्या ५९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे अनुसार आज दिउँसो सम्ममा ५९ जनाको मुत्यू भईसकेको र अझै ४ जना वेपत्ता रहेका छन् ।

विभिन्न स्थानमा भएको बाढी पहिरोको घटनामा परी ५२ जना घाईतेको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । जसमध्ये एक जनालाई आईसियूमा राखेर उपचार भईरहेको र अरु मध्यम र सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

बाढी र पहिरोका कारण विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक भत्केर आवात जावत टुटेपछि सोे सडकखण्डमा सवारी साधनमा अलपत्र परेका यात्रुहरुको आईतवारबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्दै आएको छ ।

आज दिउँसोसम्ममा सो सडक खण्डको विभिन्न स्थानमा अलपत्र रहेका हजारौं यात्रुहरुमध्ये ३९९ जनालाई हेलिकप्टरमार्फत धुलिखेलसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको पहलमा ३ हजार २७४ जनाको उद्धार भएको जनाएको छ । सो क्षेत्रमा अलपत्र परेकाहरुमध्ये धेरैजसो आफै भिर र पाखाको बाटो हिडेर काठमाडौंतर्फ आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.