नवलपरासीबाट सशस्त्र प्रहरीद्वारा चिनी सहित एक ट्रक अवैध सामान बरामद

पश्चिम नवलपरासी –  पश्चिम नवलपरासीको बर्दघाटबाट सशस्त्र प्रहरीले एक ट्रक अवैध समान बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको चिसापानीबाट प्रहरीले भैरहवाबाट काठमान्डु तर्फ लादै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक सहित ६८ लाख बराबरको समान बरामद गरेको हो ।

चिनीको बिल बनाएर मोबाइलका विभिन्न सामग्री लैजाँदै गरेको अवस्थामा चालक र सहचालक सहित २ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।

उक्त ट्रकमा ५० केजीका ६ सय बोरामा राखिएको १५ लाख बराबरको चिनी सहित १६ लाख बढीको १६ हजार १६० वटा मोबाइलको टेम्पर ग्लास, एक लाख बढीको ९५० वटा मोबाइल कभर र एक लाख बढीका विभिन्न प्रकारका भाँडाकुँडा बरामद गरिएको वाग्लेले बताउनुभयो ।

चिनीबाहेक अन्य सामानको बिल बिजक नभएका कारण सबै समान अवैध गणना हुने भएकाले महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । उक्त ट्रक कागजात सहितको चिनी बोकेर रुपन्देहीबाट भैरहवा भुमही हुलाकि सडक हुँदै आएको थियो । सो सडक खण्डमै बिचमा अवैध रूपमा आयात गरिएका सामग्री लोड गरेको पाइएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.