बैङ्किङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दसैँमा नयाँ नोट बजारमा ल्याएनौंः राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

आईतवारदेखि नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैङ्कहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैङ्कमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताउनु भयो । नेपाल टेलिभिजनसँगको कुराकानीमा पोखरेले यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताउनु भयो ।

उहाँले राष्ट्र बैङ्कका साथै बैङ्कहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैङ्कले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैँमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।

राष्ट्र बैङ्कसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनु भयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दसैँको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताउनु भयो । उहाँले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी विदेशी मुद्रा तिरेर नयाँ नोट छपाई गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाइको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको बताउनु भयो । उहाँले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने बताउनु भयो । उहाँले अब परम्परा जस्तै रहेको दसैँमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरूलाई बाहिर ल्याउन खोजिएको बताउनु भयो । उहाँले बजारको आवश्यकता अनुसार राष्ट्र बैङ्कले नयाँ नोट छपाई र सटही गर्दै जाने बताउनु भयो । उहाँले आम नागरिकले दसैँको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विगतमा नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही गर्दै आए पनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैङ्किङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्न सक्छौ । बैङ्क तथा वित्तीय संस्थामा प्रशस्त सुकिला नोट भएको र व्यवस्थापन गर्नु परेकाले नयाँ नोट नआएको हो । सुकिला नोट व्यवस्थापनमा समस्या परेको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य हो । नयाँ नोट छपाई नेपालमा हुँदैन । विदेशी मुद्रातिर नयाँ नोट छपाई गर्नुपर्ने हुन्छ । बैङ्कहरूमा उपलब्ध नोट प्रयोग गर्नसक्छौं भने छपाइको लागत कम गर्नसक्छौं भन्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोग गरौँ भन्ने हो । पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउँछ । अब दसैँमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैङ्कले नयाँ नोट छपाई र सटही गर्दै जान्छ । दसैँको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यस वर्ष भने एक पटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.