केही दिन अझै बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौँ- ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ ।

विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम असर रहेको मौसम विदहरुको भनाई छ ।

यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने मौसम विदहरुको भनाइ छ।

यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको विज्ञहरु बताउँछन।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.