त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ह्वात्तै बढ्यो सवारी चाप

धादिङ- त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्डमा सवारीको चाप ह्वात्तै बढेको छ ।

काठमाडौँबाट बाहिरी जिल्ला जोड्ने अरु सबै राजमार्ग प्राय: बन्द भएकोले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सवारीको चाप बढेको हो ।

झन यही समयमा दशैं र तिहार जस्ता ठूला पर्वहरु परेकोले पनि मानिसहरु राजधानीबाट बाहिरिने क्रम बढ्दो छ।

राजमार्गहरु बन्द हुने तर बाहिरिने मानिस चाहिँ हाराहारी २० लाख हुने भएपछि स्वभाविक रुपमा राजमार्गमा यात्रा कष्टकर बनेको यात्रुहरु बताउँछन ।

संचालनमा रहेका दुई मुल सडक पनि बाढी र पहिरोले थिलथिलो भएका छन ।

कतिबेला कहाँ पहिरो जान्छ भन्नै सकिने अवस्था नभएको चालकहरुको अनुभव छ ।

पानी पर्न अझै सक्ने भन्ने खवरले त उनीहरु झस्किने गरेका छन ।

सामान्यतया, पृथ्वी राजमार्गमा मात्र दैनिक १७ हजारदेखि २३ हजारसम्म सवारी गुड्ने गरेकोमा यो संख्या अहिले दोब्बर जस्तै भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.