यात्रुहरूको सुरक्षा र सहयोगका लागि बुटवल बसपार्कमा हेल्प डेस्क स्थापना 

बुटवल –  बडा दसैँको आगमनसँगै बढ्दै गइरहेको भिडभाड व्यवस्थापन, यात्रुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

भिडभाडको अवस्थामा यात्रुहरूलाई पर्ने समस्या समाधानका लागि सहयोग गर्ने उद्देश्यले बुटवलस्थित बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष राखिएको हो ।

भिडभाडका कारण यात्रुहरूलाई पर्ने समस्या, गन्तव्य र सवारी साधनको बारेमा जानकारी, चोरी चकारी लुटपाट लगायत विभिन्न प्रकारका असुरक्षा, आकस्मिक रूपमा उत्पन्न हुने शारीरिक स्वास्थ्य समस्या लगायतका व्यक्तिगत घटनाका बारेमा समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क राखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरका स्वास्थ्यकर्मी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायीहरू, सुरक्षित यात्रा नेपाल लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको सो हेल्प डेस्कबाट विभिन्न जिल्ला र सहरहरूको दुरी र टिकट दर बारे जानकारी दिने गरिएको छ । साथै सम्भावित घटना न्यूकिरणका लागि पनि सचेतना जागृत गर्ने र सजगता अपनाउने विषयमा पनि जानकारी गराउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.