एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण 

काभ्रे –  गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरूलाई गैर आवासीय सङ्घ केन्द्रको आब्हान तथा राष्ट्रीय परिषद् युकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलर बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात् वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३  का २५ परिवार र १२ मा २०० परिवार लाई राहत वितरण गरिएको हो ।

यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी युकेले रु १५ लाख  सहयोग गरेको थियो । यसअघि हिजो  दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै बुधवार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सङ्घले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा सङ्घको तर्फबाट गएको टोली उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका  महिला डिआरसी इन्दिरा त्रिपाठी, मानार्थ सदस्य यदुराज पन्थी, आइसिसी सदस्यहरू हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोविन्द गौतम, एनआरएन अभियन्ता सिमरा केसी, स्वयम्भूराज डङ्गोल, प्रदीप खनाल   सङ्घका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे  अधिकृत रूपक  लामिछाने  जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.