फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ- सेन्ट्रल एसियन  भलिबल एशोसिएसन (काभा) यु-२० पुरुष  भलिबल च्याम्पियनसिपको  फाइनलमा  नेपाल  पराजित  भएको छ ।

श्रीलंकाको कोलम्बोमा हिजो भएको फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।

पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो । दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथों सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

यो पराजयसँगै नेपाल उपाधिबाट बिमुख भएको छ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो ।

नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.