साफ महिला च्याम्पिएनशिप आजबाट: उद्घाटन खेल भारत र पाकिस्तानबीच हुने

साफ महिला च्याम्पिएनशिप आजबाट शुरु हुँदैछ ।

कार्तिक १४ गतेसम्म हुने सो प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

आज उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने भोलि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपालको समूहमा भुटानसहित माल्दिभ्स र श्रीलंका रहेका छन् ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ।

साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो ।

८० लाख रुपैयाँमा एन्फाले एक कम्पनीलाई टिकट विक्रीको जिम्मेवारी दिने सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ ।

हिजो आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.