श्रीलङ्काले माल्दिभ्सलाई हरायो, नेपाल र भुटान खेल्दै

काठमाडौँ- साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित  गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो ।

जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ ।

यसैबीच, समुह बी मा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।

समुह ए मा रहेका भारत र पाकिस्तानबीच हिजो खेल भएको थियो । जुन खेलमा भारतले पाकिस्तानलाई ५-२ को गोल अन्तरले हराएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.