नेपाल र भुटान खेल्दै (को-को छन् नेपाली टोलीमा?)

काठमाडौँ- काठमाडौँमा भइरहेको साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिश्पर्धा हुँदैछ ।

प्रतियोगिताको दोस्रो दिन आज घरेलु टोली नेपालले केहीबेरमा भुटानको सामना गर्न लागेको हो ।

यो खेल अबको केहीबेरमा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुरु हुनेछ ।

नेपाली टोली एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदानमा उत्रँदैछ । नेपाली टोलीमा पूजा राना, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटी, सरु लिम्बू, रश्मीकुमारी घिसिङ, गिता राना, प्रिति राई, सबिता रानामगर र अमिसा कार्की रहेका छन ।

च्याम्पियनशीप अन्तर्गत आज दिउँसो नेपालकै समूहको भएको पहिलो खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।

आज भएको समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गर्दै पहलो जित दर्ता गराएको हो ।

श्रीलंकाको लागि इमिशा अनुराधिनीले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै श्रीलंकाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।

हिजो उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.