नेपाल-अमेरिका टी- २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै

काठमाडौं- नेपाल र अमेरिकाबीच टी- २० आई सिरिजको तेस्रो तथा अन्तिम खेल अहिले सुरु भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरीमा अन्तिम टी-२० आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान पौने छ बजेबाट सुरु भएको हो । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

तीनवटा सिरिजको अन्तिम टी-२० खेल नेपालले आज अमेरिकासँग खेल्दैछ । यसअघिको दुईवटा टी-२० खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सिरिज आफ्नो हातमा पारेपनि आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने दाउमा नेपाल रहेको छ ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको दुई खेलको टी-२० आई सिरिज आफ्नो पक्षमा पारेको थियो ।

नेपालले अमेरिकासँगको पहिलो खेलमा १७ रनले जीत हात पारेको थियो भने हिजो भएको दोस्रो खेलमा सुपर ‌ओभरमा जीत निकाल्न सफल भएको हो । सुपर ओभरमा तीन रनको लक्ष्य पाएको नेपालले खेल सजिलै हात पारेको थियो ।

हिजोको सुपर ओभरको खेलमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई दुई रनमा रोक्दै दुई विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.