गीतकार राम लामा अविनाशीको स्वीकारेको बिछोड पनि ” अडियो गीत सार्वजनिक

काठमाडौँ – गीतकार राम लामा अविनाशीको स्वीकारेको बिछोड पनि ” अडियो गीत सार्वजनिक भएको छ ।

अमेरिका निवासी रामा लामा अविनाशीका शब्दहरूलाई मेलोडी किङ्ग मानिने सङ्गीतकार शक्तिबल्लभले सङ्गीतबद्ध गर्नुभएको छ ।

सो मिठो धुनलाई मनोहर सुनामको सङ्गीत संयोजनले अझ बढी निखरता प्रदान गरेको छ । यो मिठो सङ्गीत भित्र जादुमय स्वरकी धनी गायिका बानिका प्रधानले आफ्नो मिठो स्वर मिसाएर गीतमा प्राण प्रतिष्ठा गर्नुभएको छ ।

यी सबै अब्बल व्यक्तित्वहरूको कलालाई स्टुडियो पिकमा रेकर्ड गरिएको हो भने दिनेश लाल राजवाहकले मिक्सिङ्ग र मास्टरिङ्ग गरेर गीतलाई पूर्णता दिनुभएको छ ।

गीतकार राम लामा अविनाशीका दर्जनौ गीतहरु बजारमा आइसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.