निर्माणाधीन चारवटा स्वास्थ्यचौकी भवन अलपत्र, निर्माण व्यवसायी सम्पर्कमा आएनन्

रसुवा- निर्माण कम्पनीले जिम्मा लिएको काम समयमा सम्पन्न नगर्दा रसुवामा चार वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्यचौकी भवन अलपत्र अवस्थामा रहेका छन् ।

निर्माण कम्पनीले कालिका गाउँपालिका–१ मा निर्माणाधीन राम्चे उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँ आमाछोदिङमो गाउँपालिका–१ को हाकु गोसाइकुण्ड गाउँपालिका-५ को स्याफ्रुबेशी स्वास्थ्यचौकी निर्माण सम्पन्न नगर्दा अलपत्र परेको हो ।

दुई बर्षमा काम सम्पन्न गर्ने गरि कामको जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालिले चार बर्ष बितिसक्दा पनि काम सम्पन्न नगर्दा जिल्लाका चारवटा स्वास्थ्य चौकी भवन अलपत्र परेको गोसाइकुण्ड गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख बिमल घिमिरेले बताउनुभयो ।

कतिपय भवनको काम ८० प्रतिशत काम भईसकेको छ भने कतिपयको ९० प्रतिशत काम सम्पन्न भईसकेको सघन शहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन ईकाइले जनाएको छ ।

आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्माण गरिएका भवन अलपत्र भएपछि नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार प्रभावित भएको स्थानीयको भनाई छ ।

गाँउका ग्रामीण बस्तिहरुबाट स्वास्थ्य संस्थामा सेवा लिन आएका सेवाग्राहीहरु निर्धारित समयमा भवन निर्माण नहुँदा समस्यामा परेका हुन् ।

निर्माण कम्पनीले अलपत्र छाडेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । अहिले स्वस्थ्य संस्थाहरुले भाडामा रहेको कोठाबाट सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.