सडकको विग्रदो अवस्थाले राजमार्गआससपासका सडक व्यापारी विस्थापित हुने अवस्थामा

धादिङ – पृथ्वी राजमार्गको स्तर उन्नति सहित निर्माण सुरु भएसँगै राजमार्ग आसपासमा विभिन्न व्यापार, व्यवसाय गरी बस्नेहरूको व्यवसाय नै चौपट भएको भनाई व्यवसायीको छ ।

सडकमा उड्ने धुलोका कारण र गत महिना परेको वर्षाले गर्दा निर्माणाधीन सडकको अवस्था झनै बिग्रँदो भएका कारण सवारी रोक्न मिल्ने ठाउँ नभएकोले व्यापार ब्यवसाय दैनिक जसो खस्कँदो अवस्थामा रहेको उनीहरु बताउदँछन्। । जसले गर्दा अब सडक निर्माण नसकिएसम्म वैकल्पिक व्यवसायको खोजीमा लाग्नु पर्ने अवस्था आएको सडक व्यापारीहरूको भनाई छ ।

पृथ्वी राजमार्गमा पर्ने ,गजुरी,थाँक्रे, गल्छी बेनीघाट रोराङ्ग गाउँपालिकामा स्थित राजमार्ग छेउछाउमा बसी स्थानीय किसानहरूले आफ्नो उत्पादन बिक्री गर्ने गरेका छन् ।

विशेष गरी केरा, अम्बा, मकैलगायत तरकारीहरू राजमार्ग छेउमा बसेर किसानहरूले आफै बिक्री गर्ने गरेका छन् ।

निर्माणका क्रममा जथाभाबी सडक खनेर छाडिदिँदा सडकमा उड्ने धुलो र सवारीका साधनहरू रोक्ने ठाउँ नै नभएका कारण उनीहरूको व्यवसाय सुस्ताएको हो ।

गत महिना परेको अविरल वर्षाका कारण राजमार्गको ठाउँ ठाउँमा पहिरोले क्षति पुगे पछि त बेपार झनै चौपट भएको व्यवसायीको गुनासो छ।

गत वर्ष स्थानीय कृषि उत्पादन केरा,अम्बालगायतका फलफूल सडक छेउमा बसी बिक्री गरी दैनिक दश बाह्र हजार आम्दानी गर्ने गरेकोमा आजकाल व्यापार ठप्प रहेको गुनासो सडक ब्यापारीहरुको छ ।

केरा लगायत विभिन्न जातका स्थानीय फलफूल बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका उनीहरू निर्माणाधीन अवस्थामा रहेको सडकको झनै बिग्रँदो अवस्थाले गर्दा निकै समस्यामा परेको बत्ताउँछन् । कहिले त बिक्रीका लागी किसानसँग लिएको केरालगायतका फलफूल त्यतिकै फ्याँक्नु पर्ने अवस्था समेत आएको भनाई उनीहरुको ।व्यापार गरेर पर्व मनाउनका लागी खर्चको जोह गर्ने उनीहरू अब यस वर्षको तिहारका लागी भने समस्या हुने बत्ताउँछन् । विशेष गरी राजमार्ग छेउ छाउमा बसी केरा, मकै,लगायत अन्य स्थानीय उत्पादन बिक्री गर्दै आएका साना ब्यापारीहरु निकै नै समस्यामा परेका हुन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.