फाइनल यात्राका लागि आज भारतसँग प्रतिश्पर्धा गर्दै नेपाल

भुटानलाई हराएर बंगलादेश फाइनलमा

काठमाडौँ- काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्न नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो खेल  आज साँझ ६:३० बजे शुरु हुने एन्फाले जनाएको छ ।

भारतले हालसम्म पाँचपटक साफ च्याम्पियनशिपको उपाधि जितेको छ भने नेपाल पाँचैपटक फाइनलमा पुगेर पराजित भएको छ ।

यसैगरी, आजै दिउँसो भएको खेलमा भुटानलाई ७-१ गोलले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ ।

दक्षिण एशियाका अफगानिस्तानबाहेक ७ मुलुक सहभागी प्रतियोगिताको समूह एमा बंग्लादेश, भारत र पाकिस्तान रहेका थिए भने समुह बीमा नेपालका साथै भुटान, श्रीलंका र माल्दिभ्स रहेका थिए ।

समुह चरणमा समुह एबाट बंग्लादेश ४ र भारत ३ अंक सहित र समुह बीबाट नेपाल र भुटान ४-४ अंक सहित सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघी सन् २०२२ मा काठमाडौमा भएको प्रतियोगिताको फाइनल खेलमा बंग्लादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.