पेनाल्टी सुट आउटमा नेपालको भारतमाथि रोमाञ्चक जित

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ- नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टि सुट आउटमा ४-२ ले भारतलाई पराजित गर्दै नेपालले जित निकालेको हो ।

नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पक्षमा आएको हो

यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि खेलमा विवाद भएको थियो । विवादकैबीच अघि बढेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालको लागि सावित्रा भण्डारीले गरेको गोल ऐतिहासिक बन्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.