स्पेनको भीषण बाढीमा ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा आएको भीषण बाढीमा परेर हराइरहेको खोजी गर्न आपत्कालीन सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

९५ जनाको मृत्यु हुनेगरी आएको बाढीले भत्काएका संरचनाहरुको भग्नावशेषहरु हटाउदै उद्दारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।

बाढीमा परेर कतिजना हराएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सेनाले संभाव्य स्थानहरुमा खोजी भइरहेको जनाएको छ ।

स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा हिजो बाढी आएपछि राति देखि नै उद्दारकार्यलाई निन्तरता दिइएको छ । बाढीले सडकहरु बगाएको छ भने कयौं घर र कारहरु डुवाएको छ ।

आकस्मिक विपदको घटना पछि स्पेन सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यसैबीच, स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरुमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तीमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गर्नुभएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.