महाकवि देवकोटाको स्मरण मोडर्न कन्या कलेजमा पनि

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको उपलक्ष्यमा बिहीवार काठमाडौको भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजले पनि साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा महाकवि देवकोटाका साहित्यिक योगदान र विविध पक्षबारे चर्चा गरियो । वरिष्ठ समालोचक प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले विश्वस्तरमा नेपाली साहित्य र महाकवि देवकोटाको योगदान बारे विशेष प्रवचन गर्नुभयो ।

कलेजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर रामप्रसाद दाहालले मानवताबादी दृष्टिकोण सर्वोपरि रहेका देवकोटाका सिर्जनामा समभाव र प्रकृतिपूजन तीव्र रहेकाले युग युगसम्म उहाँलाई जीवन्त तुल्याइ राख्‍ने विचार व्यक्त गर्नुभयो ।

कलेजका प्राचार्य सविन पोखरेल र वरिष्ठ समालोचक युवराज मैनालीले विशाल प्रतिभाका धनी देवकोटालाई नेपालमा मात्र सिमित नगरी अन्तर्राष्ट्रिय जगतकै विराट साहित्यिक व्यक्तित्वकारुपमा स्मरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकार अन्जन ढुङ्गेल, कलानिधि दाहाल, डा मधुसुदन लामिछाने, विजय थापा, कल्पना कटुवाल, अनु भूजेल निर्मल पराजुलीलगायतले आआफ्नो रचना प्रस्तुत गर्नुभयो । कलेजले हरेक वर्ष देवकोटा जयन्ती तथा अन्य विशेष अवसरहरुमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.