नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर रु ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स नौ दशमलव ७१, सानिमा जिआइसी इन्सुरेन्स चार दशमलव १३, दिव्यश्वरी हाइड्रोपावर तीन दशमलव ९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव ५० प्रतिशतले गुमाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.