हावा भर्ने क्रममा ट्यांकरको टायर पड्किंदा एक जनाको मृत्यु
मकवानपुर- हावा भर्ने क्रममा ट्यांकरको टायर पड्किंदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएर भारत घर भई टायर रिपेरिङ सेन्टर हेटौडामा कार्यरत मिस्त्री वर्ष ३४ का मोहम्मद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ट्यांकरको मंगलबार बिहान एक बजेको समयमा हावा भर्ने क्रममा टायर पड्किएको थियो । टाउकोमा गम्भिर चोट लागेका ऐजाजको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनुभयो ।
घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सोही पसलमा कार्यरत पर्सा धोबिनी गाउँपालिकाका जाबिर हवारी, हेटौंडा–११ का देवान लामा र मोहनलाल दुलाल, धादिङ धुनिबेशी नगरपालिकाका उत्तम बस्नेत र थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा रहेका छन् । घाइते लामा बाहेका सबै उपचारपछि घर फर्किएका छन् । लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्