नेपालले कुवेतलाई १६५ रनले हरायो
नेपालकी कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शन
काठमाडौँ- यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतमाथि शानदार जित निकालेको छ ।
केहीबेर अघि सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले २१३ रन बनाएको थियो ।
२१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा नै अल आउट भयो ।
नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिनले ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् ।
उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।
चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
लिग चरणको अन्तिम खेलमा भोलि नेपालले यूएईको सामना गर्नेछ ।।
प्रतिक्रिया राख्नुहोस्