पूर्व सभामुख ढुंगानाको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमनाथ ढुङ्गगनाको निधनमा दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले समाजिक संजालमा उहाँको निधनको खबरले आफु अत्यन्त दुःखी भएको उल्लेख गर्नु भएको छ ।
०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु ।
दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना ! प्रधानमन्त्रीले लेख्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्