एनपिएलको ट्रफी अनावरण – फोटो फिचर

काठमाडौँ – मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरिएको छ ।

सोमवार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गर्नुभएको हो । अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू लगायत सबै आठ टिमका मार्की खेलाडी र क्रिकेटहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले एनपिएलले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न समेत एनपिएलको ट्रफी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल प्रिमियर लिगको यो ट्रफीले एक त नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेको छ । सँगै अझ महत्त्वपूर्ण पक्ष हाम्रो प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न समेत महत्त्वपूर्ण हुनेछ । यो ट्रफी मात्रै रहेन, यो सिङ्गो देशलाई एकै ठाउँमा, एकै स्वरमा विश्वलाई संरक्षण गर्ने सन्देश रहेको छ ।’

सचिव खड्काले सिङ्गो देशलाई एकै ठाउँमा उभ्याउन एनपिएल महत्त्वपूर्ण साबित हुने बताउनु भयो ।

एनपिएलको ट्रफी अनावरण (तस्बिरहरु)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.