मध्य पहाडी लोकमार्गको धादिङ खण्डमा पर्ने सडक निर्माणको काममा ढिलाइ
शिव सिलवाल, धादिङ
१२ मंसिर, ०८:३७
धादिङ- मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने सडक निर्माणको कामले अझै गति लिन सकेको छैन ।
धादिङ खण्डमा पर्ने ४५ किलो मिटर सडकमध्ये जम्मा १५ किलो मिटर सडक मात्रै खनिएको छ । बाँकी ३० किलो मिटर सडक कहिले खन्ने भन्ने अझै अन्यौल छ ।
सरकारको राष्ट्रिय गौरवको आयोजना एक हजार दुई सय मेघावाट क्षमता जलाशाययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने भएकोले सडक निर्माणमा समस्या आएको हो ।
खनिएको १५ किलोमिटर सडकको भने स्तरउन्नतीसहित कालो पत्रे गर्ने अन्तिम तयारी भएको छ ।
नुवाकोटको भर्याङभुरुङ्गदेखि धादिङको नेत्रावती डब्जङ्ग गाउँपालिकाको कटुन्जे बजारसम्म मात्रै लोक मार्गको काम भएको हो ।
सो स्थानबाट धादिङको आरुघाटसम्म पुग्ने बाँकी सडकको काम भने ठप्प छ ।
३० किलोमिटर सडक कहिले बन्ने कुनै निश्चित नै नभएपछि सडक निर्माण कामले खासै गति लिन नसकेको हो ।
मध्य पहाडी लोक मार्ग योजनो भने सडक निर्माणका लागी २०६८ सालमा नै ठेक्काका लागी सम्पुर्ण काम सम्पन्न भएको थियो ।
मध्य पहाडी लोकमार्ग योजना गोर्खाका प्रमुख ईश्वर बहादुर रिजालका बुढिगण्डकी जलविद्युत कम्पनीले डुवान क्षेत्रमा कुनै पनि पक्की संरचना निर्माण लगाएत सडक पुवार्धारहरु नबनाउनु भन्दै मध्य पहाडी लोक मार्ग योजनलाई पत्राचार गरेपछि काम अगाडि बढ्न नसकेको हो ।
नुवाकोट, धादिङ गोर्खा र लम्जुङ्ग हुदै बैतडीको झुलाघाटसम्म पुग्ने मध्य पहाडी राजमार्गको चार जिल्लामा भने धादिङ बाहेक सबै स्थानमा सडक खन्ने र स्तरउन्नतीको काम भइरहेको पनि योजना कार्यालयले जनाइएको छ ।
चार जिल्लामा पर्नै करिव २१४ किलो मिटर सडक दुई अर्व ६० करोडको लागमनमा सरकाले खन्न सुरु गरेको हो । धादिङ बाहेकका अन्य जिल्लामा पुर्वाधार विकासको काम निकै तिब्र गतिमा भइरहेको पनि योजना कार्यालय गोर्खाले जानकारी दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्