आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउन नीतिगत सुधार आवश्यक: अध्यक्ष ढकाल
काठमाडौँ – मुलुकमा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउनु नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले परिमार्जन गरेका कानुनहरू संशोधन भए पनि नियमावलीहरू बन्न बाँकी रहेको बताउनु भयो । उहाँले अब मुलुकमा थप आन्तरिक तथा बाह्य लगानीको लागि कानुन संशोधन र नियमावलीहरुसँगै अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकमा लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकै पटक अध्यादेशमार्फत कानुन संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले अहिले निजी क्षेत्रमा अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेको बताउनु भयो । उहाँले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो,‘विगतमा ऐन कानुनहरू केही संशोधन भए तर अहिलेसम्म नियमावली बन्न नसक्दा समस्या छ । सरकारले आन्तरिक तथा बाह्य लगानी सहजीकरण तथा वातावरण बनाउन अझै नीतिगत रूपमा धेरै सुधार गर्न आवश्यक छ । सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो । कानुनहरू संशोधन भए । तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। त्यो चिजलाई सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा बाह्य लगानी भित्र्याउनका लागि होस् कतिपय कानुन अझै परिवर्तन गर्नुपर्नेछ ।’
उहाँले वर्तमान सरकाले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै निजी क्षेत्रले यसलाई स्वागतका रूपमा लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रले दिएका सुझावअनुसार समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्