नेकपा सचिवालय बैठक बोलाउने तयारी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेट वार्तामा सचिवालय बैठक लगायतका पार्टीका विभिन्न विषयहरुमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ । लामो समयको अन्तरालपछि नेकपाका दुई अध्यक्षबीच शनिबार भेटवार्ता भएको हो ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारी स्वरुप कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरिएको भए पनि कोरोना कारण बैठक एक महिना पछि मसिरमा बस्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.